ग्लोबल आईएमई बैंक बन्यो नास आईटीको दीगो साझेदार

ग्लोबल आईएमई बैंक बन्यो नास आईटीको दीगो साझेदार

नेपाल एशोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनी (नास आईटी) ले ग्लोबल आईएमई बैंकलाई दीगो साझेदारको रूपमा घोषणा गरेको छ । बिहीबार सम्झौता पत्र हस्तान्तरण समारोहमा उक्त जानकारी गराइएको हो ।

New News Background 5 https://bajarkochirfar.com/%e0%a4%97%e0%a5%8d%e0%a4%b2%e0%a5%8b%e0%a4%ac%e0%a4%b2-%e0%a4%86%e0%a4%88%e0%a4%8f%e0%a4%ae%e0%a4%88-%e0%a4%ac%e0%a5%88%e0%a4%82%e0%a4%95-%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%af%e0%a5%8b-%e0%a4%a8 | %tags

यो साझेदारीले नास आईटीको उद्योग-बीचको सहकार्यलाई प्रवर्द्धन गर्ने र प्राविधिक नवाचार मार्फत नेपालको आर्थिक विकासलाई अगाडि बढाउने मिसनमा महत्वपूर्ण माइलस्टोनको काम गर्ने बताइएको छ । यस साझेदारी मार्फत ग्लोबल आईएमई बैंकले नास आईटी सदस्य कम्पनीहरूद्वारा विकसित नवीनतम प्रोडक्टहरू र सफ्टवेयरहरूको पहुँच प्राप्त गर्नेछ।

नास आईटी मार्फत् बैंकको डिजिटल बैंकिंग र आईटी टोलीले प्राविधिक प्रगति सम्बन्धित सल्लाहहरू प्राप्त गर्नेछन्। नास आईटी सदस्य कम्पनीहरूले बैंकबाट अनुकूलित वित्तीय सोलुसनहरू र विशेष सेवा प्राप्त गर्नेछन्।

ग्लोबल आईएमई बैंक नास आईटीको नवस्थापित दीगो कोषलाई सहयोग गर्ने पहिलो दीगो साझेदार बनेको छ। नास आईटीले प्रमुख साझेदारहरूसँग साझेदारी गर्न, नवाचार र अनुसन्धानलाई प्रवर्द्धन गर्न, स्टार्टअपहरू र साना व्यवसायहरूलाई समर्थन गर्न, शिक्षा र सीप विकासलाई प्रवर्द्धन गर्न, सामुदायिक संलग्नता र सामाजिक जिम्मेवारीलाई प्रोत्साहन गर्न दीगो कोष सुरू गरेको छ।

#bajarkochirfar #bazarkochirfar

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स