ग्लोबल आइएमई बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्ने, विक्री प्रबन्धकमा लक्ष्मी सनराईज क्यापिटल नियुक्त

बजारको चिरफार
बजारको चिरफार
२०८१ श्रावण ४ गते
ग्लोबल आइएमई बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्ने, विक्री प्रबन्धकमा लक्ष्मी सनराईज क्यापिटल नियुक्त

ग्लोबल आइएमई बैंक लिमिटेडको पाँच अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्ध गर्न लक्ष्मी सनराईज क्यापिटल लिमिटेडललाई नियुक्त गरेको छ ।

बैंकले “८% ग्लोबल आइएमई बैंक ऋणपत्र २०९१/९२” जारी गर्न लागेको हो । बैंकको प्रति कित्ता एक हजार रुपैयाँका दरले ५० लाख युनिट ऋणपत्र बिक्री गर्ने जनाएको छ । जसमध्ये ४० प्रतिशत अर्थात दुई अर्ब बराबरको २० लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत तीन अर्ब बराबरको ३० लाख युनिट व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ । १० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ८% दरले ब्याज भुक्तानी अर्धवार्षिक रुपले ६/६ महिनाको अवधिमा हुनेछ ।

उक्त सम्झौतामा ग्लोबल आइएमई बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्न राज बज्राचार्य र लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले हस्ताक्षर गरेको  कुरा विज्ञप्तीमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स