ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । आज (बिहीबार) बसेको सञ्चालक समितिको बैठकले उनलाई सीईओमा नियुक्त गरेको हो । उनले कार्यभार भदौ १ गतेबाट सम्हालेछन् ।
बैंकिंङ क्षेत्रमा ३५ बर्ष अनुभव भएका उनले विभिन्न बैंक तथा वित्तीय संस्थामा काम गरिसकेका छन् । राष्ट्रिय वाणिज्य बैंकमा लामो समय काम गरेका उनले ग्लाेबल आइएमई बैंकमा व्यापार नीति, औद्योगिक ऋण, ऋण रिकभरी, शाखा संचालन, ऋण जोखिम तथा प्रशासन जस्ता विभिन्न बैंकिङ विभागमा रहेर नेतृत्व गरिसकेका छन् ।
हालका बैंकका सीईओ रत्नराज बज्राचार्य बैंकबाट भदौदेखि बाहिरिने भएका छन् ।















प्रतिकृया