ग्रामिण विकास लघुवित्तको नवौं वार्षिक साधारण सभा असार १५ गते



Advertisement
Ads

ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले असार १५ गते नवौं वार्षिक साधारण सभा बोलाएको छ । जेठ २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले विहान ११ बजे कम्पनीको केन्द्रिय कार्यालय बुटवलमा सभा गर्ने निर्णय गरेको हो ।


Advertisement

सभाले गत आर्थिक वर्ष (आव) २०७९।८० को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरू छलफल गरी पारित गर्नुका साथै चालू आव २०८०।८१ को लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले लाभांश सम्बन्धी भने कुनै प्रस्ताव गरेको छैन् ।


Advertisement

साथै, अन्य कुनै वित्तीय संस्थासँग एक आपसमा गाभ्ने, गाभिने तथा प्राप्तिका लागि मर्जर समिति गठन गर्ने र उपयुक्त लघुवित्त संस्था पहिचान गरी सहमतिपत्रमा हस्ताक्षर गर्ने र सो सम्बन्धी अन्य आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।


Advertisement

सभा प्रयोजनार्थ कम्पनीले असार ३ गते  बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ,  असार २ गतेसम्म  कारोबार भई कायम सेयरधनीले कम्पनीको साधारण सभामा सहभागि हुन योग्य हुनेछन ।

#BajarkoChirfar

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर