गुगलले एक महिना लामो अन्तरालपछि आफ्नो ‘जेमिनी एप’ मा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) इमेज जेनेरेशन मोडलको अपडेटको घोषणा गरेको छ। गुगल जेमिनी एपले रचनात्मकता र उत्पादकतालाई नयाँ उचाइमा पुर्याउने दाबी गरेको छ। यसलाई आधिकारिक रूपमा निःशुल्क प्रयोग गर्न सकिन्छ।
सन् २०२४ को सुरुवातमा गुगलले यो सुविधा रोकेको थियो, तर हालको अपडेटसँगै यसले ‘टेक्स्ट–टू–इमेज जेनेरेटर इमेजेन–३’ मोडलमा सर्ने निर्णय गरेको हो। यो मोडललाई गत मेमा विकासकर्ता सम्मेलनमा प्रस्तुत गरिएको थियो।
नयाँ अपडेटमा ‘फोटोरियलिस्टिक ल्यान्डस्केप’ र टेक्स्ट कमाण्डमार्फत चित्रहरू सिर्जना गर्ने क्षमताहरू समावेश छन्। फोटोरियलिस्टिक ल्यान्डस्केप प्रक्रियामा ३ डी मोडेलहरूबाट छविहरू विकास गर्न सकिन्छ।




















प्रतिकृया