गण्डकीमा नयाँ सरकार गठनका लागि आह्वान

बजारको चिरफार
बजारको चिरफार
२०८० चैत्र २१ गते
गण्डकीमा नयाँ सरकार गठनका लागि आह्वान

। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएलगत्तै गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लिराज भट्टले चैत २७ गते अपराहन्न २ बजेभित्र नयाँ मुख्यमन्त्रीमा दावी पेस गर्न आह्वान गरेका छन् । संविधानको धारा १६८ को धारा २ अनुसार सरकार गठनका लागि उनले ७ दिनको म्याद राखेर आह्वान गरेका हुन् । चैत २७ गते दिनको २ बजेभित्र सरकारका लागि दावी गर्न उनले आह्वान गरेका हुन् । बुधबार प्रदेश प्रमुख भट्टले संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई नयाँ सरकार गठन गर्न सात दिनको समय दिएका हुन् ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार बिहान राजीनामा दिएका थिए ।

उनले दिएको समयभित्र कुनैपनि दलले बहुमत पेस गर्न नसके उपधारा (३) अनुसार ठूलो दलको नेताको हैसियतमा कांग्रेस संसदीय दलका सुरेन्द्रराज पाण्डेल मुख्यमन्त्रीमा नियुक्त हुनेछन् ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स