खराब कर्जा घटेसँगै ग्रामीण विकास लघुवित्तको नाफामा उल्लेख्य सुधार

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक १३ गते
खराब कर्जा घटेसँगै ग्रामीण विकास लघुवित्तको नाफामा उल्लेख्य सुधार

ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्ममा नाफामा उल्लेख्य सुधार गरेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा ३०.६० प्रतिशतले वृद्धि भएको छ।

नाफा र ब्याज आम्दानीमा वृद्धि
चालु आवको पहिलो त्रैमासमा संस्थाले ८ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ६ करोड ७३ लाख रुपैयाँ थियो। कम्पनीको खुद ब्याज आम्दानी २५ करोड ६८ लाख रुपैयाँबाट बढेर ३२ करोड २२ लाख रुपैयाँ पुगेको छ। यस अवधिमा कम्पनीको कुल सञ्चालन आम्दानी ३५ करोड २६ लाख रुपैयाँ रहेको छ भने सञ्चालन नाफा १५ करोड ४ लाख रुपैयाँमा पुगेको छ।

खर्च कटौती र खराब कर्जामा सुधार
कम्पनीको सञ्चालन खर्च २२ करोड २२ लाख रुपैयाँ कायम भएको छ। साथै, खराब कर्जा अनुपात अघिल्लो वर्षको ११.५ प्रतिशतबाट घटेर ४.७८ प्रतिशतमा झरेको छ, जसले लघुवित्तको नाफामा सकारात्मक योगदान पुर्याएको छ।

वित्तीय सूचकांक
समीक्षा अवधिमा प्रतिसेयर आम्दानी (EPS) ६ रुपैयाँ ५८ पैसाबाट बढेर ८ रुपैयाँ ९५ पैसामा पुगेको छ भने प्रतिसेयर नेटवर्थ २५४ रुपैयाँ ८८ पैसा कायम भएको छ। मूल्य आम्दानी अनुपात (P/E Ratio) २१.७६ गुणा रहेको छ।

चालु आवको पहिलो त्रैमाससम्ममा कम्पनीले ३ अर्ब ४८ करोड ५५ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ र ११ अर्ब ७७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स