SHAREHUBSHAREHUB

क्रेष्ट माइक्रो लाइफले आइपीओ निष्काशन गर्दै

बजारको चिरफार
बजारको चिरफार
२०८१ बैशाख १९ गते
AdvertisementAds
क्रेष्ट माइक्रो लाइफले आइपीओ निष्काशन गर्दै
AdvertisementAds

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले आइपीओ निष्काशन गर्ने भएको छ ।

आइपीओ निष्कासनको लागि कम्पनीले बिक्री प्रबन्धकको रुपमा एनआइएमबि एस क्यापिटललाई नियुक्त गरेको छ । यस सम्बन्धी सम्झौतापत्रमा क्रेष्ट माइक्रो लाइफको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रतापमान श्रेष्ठ र एनआइएमबि एसको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाँडेले हस्ताक्षर गरेका छन् । कम्पनीले आफ्नो जारी पुँजीको ३० प्रतिशत अर्थात् २२ लाख ५० हजार कित्ता सेयर जारी गर्न लागेको हो । यसले १ सय अंकित मूल्यामा आइपीओ जारी गर्न लागेको हो ।

क्रेस्ट माइक्रोले २०७९ चैत २८ गते लघु जीवन बीमाको इजाजत पत्र प्राप्त गरी २०८० जेठ ८ गते नेपाल बीमा प्राधिकरणबाट व्यवसाय सञ्चालन गर्ने स्वीकृती पत्र प्राप्त गरेकोे थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स