क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले आइपीओ निष्काशन गर्ने भएको छ ।
आइपीओ निष्कासनको लागि कम्पनीले बिक्री प्रबन्धकको रुपमा एनआइएमबि एस क्यापिटललाई नियुक्त गरेको छ । यस सम्बन्धी सम्झौतापत्रमा क्रेष्ट माइक्रो लाइफको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रतापमान श्रेष्ठ र एनआइएमबि एसको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाँडेले हस्ताक्षर गरेका छन् । कम्पनीले आफ्नो जारी पुँजीको ३० प्रतिशत अर्थात् २२ लाख ५० हजार कित्ता सेयर जारी गर्न लागेको हो । यसले १ सय अंकित मूल्यामा आइपीओ जारी गर्न लागेको हो ।
क्रेस्ट माइक्रोले २०७९ चैत २८ गते लघु जीवन बीमाको इजाजत पत्र प्राप्त गरी २०८० जेठ ८ गते नेपाल बीमा प्राधिकरणबाट व्यवसाय सञ्चालन गर्ने स्वीकृती पत्र प्राप्त गरेकोे थियो ।














![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)




प्रतिकृया