कुमारी बैंकले आज (सोमबार) देखि सेयर लिलामी बिक्री खुला गरेको छ। बैंकले ४ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्री खुला गरेको हो ।
यसमा न्यूनतम १०६ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।इच्छुक लगानीकर्ताले न्यूनतम १० हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
बिक्री प्रबन्धक कुमारी क्यापिटल, नक्साल काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ। आबेदन अन्तिम मिति वैशाख ११ गतेसम्म रहेको छ |














![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)



प्रतिकृया