कुमारी बैंकको ३ लाख १४ हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन

बजारको चिरफार
बजारको चिरफार
२०८१ जेष्ठ १८ गते
कुमारी बैंकको ३ लाख १४ हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन

कुमारी बैंकको ३ लाख १४ हजार १४० कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । बैंकको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। तोकिएको मूल्य वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

यस सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले न्यूनतम १००० कित्तादेखि अधिकतम १० ले भाग जाने गरी सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

#BajarkoChirfar

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स