कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको ४ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । वैशाख ११ गतेसम्म आवेदन पेश गर्ने गरी विक्रीमा आएको यी सेयर खरीदका लागि वैशाख १८ गतेसम्मको मिति थप गरिएको छ ।
बैंकले विद्यमान संस्थापक सेयरधनी तथा अन्य जो कोही व्यक्ति तथा संस्थाहरूले खरीद गर्न पाउने गरी यी सेयर विक्रीमा ल्याएको हो । यसको प्रतिकित्ता सेयरको मूल्य १०६ रूपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
इच्छुक संस्थापक सेयरधनीहरु, व्यक्ति तथा संस्थाहरूले काठमाण्डौको नक्सालमा रहेको कुमारी क्यापिटल वा टंगालमा रहेको कुमारी बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ।









![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)





![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)



प्रतिकृया