कुमारी बैंकको १० लाख कित्ता लिलामी सेयरमा आवेदन दिने भोलि (जेठ २२) अन्तिम दिन रहेको छ । उक्त सेयरमा विद्यमान संस्थापक, जोकोही व्यक्ति, कम्पनी वा संघसंस्थाले खरिद आवेदन दिन पाउनेछन् ।
सेयर प्रति कित्ता न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतम सबै कित्ता खरिदका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । ईच्छुक लगानीकर्ताले बिक्री प्रबन्धक कुमारी क्यापिटल, नक्साल काठमाडौंमा आवेदन दिन सक्ने छन् । बोलपत्र आवेदन जेठ २३ गते क्यापिटलको कार्यालय नक्सालमा खोलिने छ ।
#BajarkoChirfar









![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)





![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)



प्रतिकृया