कालिका लघुवित्तको २० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

बजारको चिरफार
बजारको चिरफार
२०८१ जेष्ठ ३ गते
कालिका लघुवित्तको २० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले (KMCDB) २० हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। संस्थापक सेयरधनी डोलराज ढुङ्गानाको स्वामित्वमा रहेको १५ हजार कित्ता र माया बस्नेत के.सी को स्वामित्वमा रहेको ५ हजार कित्ता गरि कुल २० हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो

यस सेयरमा हाल कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरिदका लागि आवेदन दिन पाउनेछन् । इच्छुक संस्थापक सेयरधनीले ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय पोखरा, कास्कीमा आवेदन पेश गर्ने सक्नेछन् ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

#BajarkoChirfar

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स