कालिका पावरको ७ लाख ९३ हजार ५०० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कालिका पावर कम्पनी लिमिटेडको ७ लाख ९३ हजार ५०० कित्ता बोनस सेयर सूचीकृत भएको छ । यो बोनस सेयर सम्बन्धीत सयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् ।
कालिका पावरले गत आर्थिक वर्ष को मुनाफाबाट चुक्त्ता पुँजीको १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो। कम्पनीको १६ औँ वार्षिक साधरण सभाबाट पारित १० प्रतिशत बोनस सेयर सूचीकृत गराएको हो ।
#BajarkoChirfar