काभ्रेमा अलपत्र परेका १४८ यात्रुलाई सशस्त्रको गाडीमा काठमाडौं ल्याइयो

बजारको चिरफार
बजारको चिरफार
२०८१ आश्विन १५ गते
काभ्रेमा अलपत्र परेका १४८ यात्रुलाई सशस्त्रको गाडीमा काठमाडौं ल्याइयो

काभ्रे जिल्लाको विभिन्न ठाउँमा अलपत्र परेका १ सय ४८ जनालाई सशस्त्र प्रहरीले काठमाडौं ल्याएको छ ।

सोमबार विहान सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकबाट पठाइएको तीन वटा बसले धुलिखेलबाट करीब १५ किलोमटिर पूर्व दाहाल डाँडा भन्ने ठाउँबाट १३ जना महिला ४९ पुरुष र ३ जना बच्चा गरी ६५ जनालाई काठमाडौंतर्फ ल्याएको छ । यसैगरी काभ्रेको विभिन्न ठाउँबाट हेलिकप्टर मार्फत धुलिखेल ल्याइएका ४२ जना महिला, ३३ पुरुष र ८ जना बच्चा गरी ८३ जनालाई काठमाडौंतर्फ ल्याइएको छ ।

विभिन्न ठाउँमा अलपत्र परेका व्यक्तिहरुको उद्धारको लागि नेपाली सेनाको हेलिकप्टर, सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट तीन वटा बससहित तीनवटै सुरक्षा निकायले संयुक्त रुपमा कार्य गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स