बालेनको आरोप: काठमाडौंको फोहोर व्यवस्थापनमा संघीय सरकारले राजनीति गर्‍यो

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक ३० गते
बालेनको आरोप: काठमाडौंको फोहोर व्यवस्थापनमा संघीय सरकारले राजनीति गर्‍यो

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौंको फोहोर व्यवस्थापना गर्न संघीय सरकारले राजनीति गरेकाे आरोप लगाएका छन् । उनले सामाजिक सञ्जालमा पोस्ट गर्दै यस्ताे आरोप लगाएका हुन ।

‘काठमाडौंको फोहोर व्यवस्थापनले भोगिरहेको अर्को समस्या हो, संघीय सरकारको हस्तक्षेप, संघीय सरकारले फोहोरको स्थायी समाधान गर्ने भन्दा फोहोरलाई स्थायी राजनीतिक हतियार बनाउनेमा ध्याउन्नमा असहयोग मात्र गरिरह्यो । हाम्रो अधिकार माथि पनि केन्द्र सरकारको हस्तक्षेप रह्यो,’ उनले लेखेका छन् ।

काठमाडौंको फोहोर व्यवस्थापन गर्नुभन्दा फोहोरलाई स्थायी राजनीतिक हतियार बनाउने गरी संघीय सरकारले असहयोग गरिरहेको शाहको भनाइ छ । उनले अब फोहोरमा राजनीति गर्ने र गराउने दिन सकिएको भन्दै संघीय सरकारलाई चेतावनी दिएका छन् ।

विवादित नेपवेस्ट कम्पनीलाई नै फोहोर व्यवस्थापनको जिम्मा दिएर काठमाडौंको फोहोरमा एकाधिकार लाद्ने र दिगो समाधान नगर्ने बाटोमा सरकार लागेको मेयर शाहको आरोप छ । एकाधिकार तोड्न आफूहरू क्रियाशील रहेको उनले बताएका छन् । आफूहरूले वैधानिक मापदण्डअनुसार नै टेन्डर गर्दा पनि नेपवेस्टले मुद्दा हालेको र मुद्दाको फैसला काठमाडौं महानगरकै पक्षमा आएकोसमेत मेयर शाहले स्मरण गराएका छन् ।

‘सम्मानित अदालतले यो अधिकार काठमाडौं महानगरमै निहित रहेको भन्ने आदेश दिएपछि काठमाडौंको फोहोर व्यवस्थापनमा रहेको एकखालको अवरोध पाखा लागेको छ । फोहोरको दिगो व्यवस्थापनमा हामी एक कदम अगाडि बढेका छौं,’ उनले भनेका छन्, ‘अवरोध, हस्तक्षेप र राजनीतिका खराब दाउपेच अझै पनि हुन सक्छन् । तर हामी रोकिने छैनौँ ।’

मेयर शाहले काठमाडौको फोहोरको दिगो समाधान सम्भव दाबीसमेत गरेका छन् । फोहोर व्यवस्थापन काठमाडाैंबासीको अधिकारको कुरा भएकाले सम्भव भएको उनको दाबी छ ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स