काँग्रेस आक्रोश र पीडाले जे पायो त्यही बोलिरहेको छ – एमाले अध्यक्ष ओली

बजारको चिरफार
बजारको चिरफार
२०८१ बैशाख २ गते
काँग्रेस आक्रोश र पीडाले जे पायो त्यही बोलिरहेको छ – एमाले अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेस आक्रोश र पीडामा रहेको टिप्पणी गरेका छन् । आईतवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले हिउँदे अधिवेशन अन्त्यको विषयमा काँग्रेसले आक्रोश र पीडाले मनलाग्दी ‘जे पायो त्यही’ बोलिरहेको टिप्पणी गरेका हुन् ।

ओलीले प्रतिनिधिसभाको चालु अधिवेशन आज रातिदेखि अन्त्य हुनु स्वभाविक भएको बताएका छन् । उनले हिउँदे अधिवेशन र बजेट अधिवेशनका बीचमा कम्तिमा १५ दिनको ग्याप राख्नुपर्ने भएकाले बजेट अधिवेशनको तयारी स्वरुप हिउँदे अविधेशनको अन्त्य गर्नुपरेको बताए । ओलीले काँग्रेसले ढिपी र जिद्दी गरिरहेको बताउदै यस्तो तरिकालाई काँग्रेसले सच्याउनुपर्ने बताए ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स