भारतीय चर्चित कमेडियन तथा अभिनेता सुनील ग्रोवर पुन: नेपाल आउने भएका छन्। उनले ‘सुनील ग्रोवर लाइभ इन नेपाल’ नामक कार्यक्रममार्फत मंसिर १४ गते (नोभेम्बर २९) काठमाडौँको होटल एभरेस्टमा लाइभ प्रस्तुति दिनेछन्।
यो कार्यक्रम लिक्विट इन्टिलिजेन्सद्वारा आयोजित हुनेछ। सुनील ग्रोवर, जो ‘द कपिल शर्मा शो’बाट अत्यधिक चर्चामा आएका थिए, थुप्रै भारतीय फिल्महरूमा पनि अभिनय गरिसकेका छन्।
यसअघि २०१८ मा नेपाल भ्रमण गरेका उनले त्यतिबेला पनि कमेडी प्रस्तुति दिएका थिए। हाल उनी ६ वर्षपछि पुनः कपिल शर्माको शोमा फर्केर ‘द ग्रेट इन्डियन कपिल शो’ मार्फत दर्शकलाई मनोरञ्जन दिइरहेका छन्।















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया