लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल) २२ औँ वार्षिक साधारणसभा भोलि बिहीबार बस्ने भएको छ । सभा, नेपाल प्रशाासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल ललितपुरमा बिहान ११ः४५ बजेदेखि सुरु हुनेछ ।
सभाले सञ्चालक समितिले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७९।८० को वार्षिक प्रतिवेदन स्वीकृत गर्नेछ। लेखापरीक्षकको प्रतिवेदनसहित २०८० असार मसान्तसम्मको वासलात र आर्थिक वर्ष २०७९।८० को नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पनि सभाले अनुमोदन गर्नेछ।
यस्तै, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेछ। यस पटक कम्पनीले लाभांश सम्बन्धी भने कुनै पनि प्रस्ताव गरेको छैन ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ ३२ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, सभामा भाग लिन जेठ ३१ गतेसम्म सेयरधनी कायम भइसकेको हुनुपर्छ ।
#BajarkoChirfar #bazarkochirfar






![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-768x432.jpg)


![स्मार्ट मनी कन्सेप्टमा ‘Zero’ बाट ‘Hero’ बन्नुहोस् [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/7CwG7_zhc-w-maxresdefault-768x432.jpg)









![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया