एनएलजी इन्स्योरेन्सको ८ लाख २ हजार ६०१ दशमलव ६९ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले गत फागुन ३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ दशमलव ५० प्रतिशत बोनस सेयर सूचीकृत गराएको हो ।
सो सभाले कर प्रयोजनको लागि ०.२८९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको थियो ।सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीको खातामा जम्मा भएपछि लगानीकर्ताले दोस्रो बजारमा खरिदबिक्री गर्न सक्नेछन् ।
#BajarkoChirfar


प्रतिकृया