एनएमबि बैंकले ३ अर्बको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने, ८.२५ प्रतिशत लाभांश

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र १६ गते
एनएमबि बैंकले ३ अर्बको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने, ८.२५ प्रतिशत लाभांश
AdvertisementAds

एनएमबी बैंकले ३ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चित अग्राधिकार सेयर जारी गर्न भएको छ। बैंकले १ सय रुपैयाँ दरले ३ करोड इकाई अर्थात ३ अर्ब रुपैयाँको अविमोच्य असञ्चिति अग्राधिकार सेयर  जारी गर्न लागेको हो।

शुक्रबार (भदौ १४ गते) बसेको  बैंकको  सञ्चालक समिति बैठकले १०० रुपैयाँका दरले ३ करोड इकाई अग्राधिकार सेयर जारी गर्ने निर्णय गरेको हो।  बैंकले  अग्राधिकार सेयरका लगानीकर्तालाई ८.२५ प्रतिशत लाभांश दिने जनाएको छ।

राष्ट्र बैंकले पुँजीकोष दबाबमा रहेका बैंकको प्राथमिक पुँजी थप गर्न सहज हुने गरी पर्पेचुअल नन्क्यूमुलेटिभ प्रिफरेन्सियल (अविमोच्य असञ्चित अग्राधिकार सेयर)  जारी गर्न बाटो खोलिदिएको थियो। यसअघि एनआइसी एशिया र नबिल बैंकले ५/५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार सेयर जारी गर्न राष्ट्र बैंकमा निवेदन दिइसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स