एनआईसी एशिया क्यापिटलका चार म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र २७ गते
एनआईसी एशिया क्यापिटलका चार म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका
AdvertisementAds

एनआईसी एशिया क्यापिटलद्वारा सञ्चालित चार म्युचुअल फन्डहरूको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज (भदौ २७) हो।

भोलि शुक्रबार एनआईसी एशिया सेलेक्ट ३०, एनआईसी एशिया फ्लेक्सी क्याप फन्ड, एनआईसी एशिया ग्रोथ फन्ड, र एनआईसी एशिया ब्यालेन्स्ड फन्डले लाभांश वितरणको लागि बुक क्लोज गर्दैछन्।

आजसम्म कायम रहेका इकाइधनीहरूले मात्र यी फन्डहरूबाट वितरण गरिने लाभांश पाउन योग्य हुनेछन्।

लाभांश विवरणअनुसार, एनआईसी एशिया सेलेक्ट ३० ले १४ प्रतिशत, फ्लेक्सी क्याप फन्डले १०.५० प्रतिशत, ग्रोथ फन्डले ९.५० प्रतिशत, र ब्यालेन्स्ड फन्डले ९.२५ प्रतिशत प्रतिफल (करसहित) वितरण गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स