SHAREHUBSHAREHUB

एक वर्षसम्म पनि अरुण तेस्रो प्रवेशमार्गका पीडितकाे रकम आएन

बजारको चिरफार
बजारको चिरफार
२०८१ आश्विन २० गते
AdvertisementAds
एक वर्षसम्म पनि अरुण तेस्रो प्रवेशमार्गका पीडितकाे रकम आएन
AdvertisementAds

सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्गका पीडितहरूले मुआब्जाबापतको ५३ करोड रुपैयाँ एक वर्ष बित्दा पनि पाउन सकेका छैनन्।

२०८० कात्तिक १६ गतेको मन्त्रिपरिषद् बैठकले विकासकर्ता कम्पनी सतलज जलविद्युत् निगम (एसएपिडीसी) मार्फत उक्त रकम जिल्ला प्रशासन कार्यालयको धरौटी खातामा जम्मा गर्ने निर्णय गरेको थियो। तर, हालसम्म बैंक ग्यारेन्टेड चेक धरौटी खातामा जम्मा नगरिएको पीडितहरूले बताएका छन्।

आयोजनाको करिब ७५ प्रतिशत काम सकिएको छ भने मुख्य सुरुङको ‘ब्रेक थ्रु’ सम्पन्न भइसकेको छ। परियोजनाबाट नेपाललाई २१% निःशुल्क विद्युत् प्राप्त हुनेछ, र प्रभावित परिवारले प्रतिमहिना ३० युनिटसम्म निःशुल्क विद्युत् पाउनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स