एक्सेल डेभलपमेन्ट बैंकको वार्षिक साधारण सभा आगामी असार २९ गते हुने

एक्सेल डेभलपमेन्ट बैंकको वार्षिक साधारण सभा आगामी असार २९ गते हुने
AdvertisementAds

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले आगामी असार २९ गते १८औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको असार ६ गते बसेको सञ्चालक समितिको बैठकले सिद्धार्थ होटल, विर्तामोड, झापामा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । सञ्चालक नियुक्तीको अनुमोदनको कार्यक्रम समेत सभाका लागि तय भएको छ ।

अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्तिमा जान आवश्यक देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले असार १७ गतेदेखि असार २९ गतेसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा असार १६ गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।

#BajarkoChirfar #bazarkochirfar

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स