उत्पादनमा जोड र समयमा मल बिउको व्यवस्थापन गर्न नसके आयात मात्रै गर्नुपर्ने :कृषिमन्त्री अधिकारी

बजारको चिरफार
बजारको चिरफार
२०८१ आश्विन १ गते
उत्पादनमा जोड र समयमा मल बिउको व्यवस्थापन गर्न नसके आयात मात्रै गर्नुपर्ने :कृषिमन्त्री अधिकारी

कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले किसान र कृषि मन्त्रालयबीचको दूरी कम गर्नेगरी काम गरिरहेको बताए।

मंगलवार काठमाडौंमा बल्खु कृषि तथा तरकारी बजारको १३ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन्  । कृषिमन्त्री अधिकारीले कृषि क्षेत्र र किसानका बीचमा धेरै समस्या रहेको भएपनि किसान र मन्त्रालयबीच समन्वय नहुँदा समस्या समाधान हुन नसकेको बताए । उनले किसान र मन्त्रालयबीच समन्वय र सम्पर्क नजिक बनाउने गरी मन्त्रालयले काम गरिरहेको बताए । उनले किसानका समस्या सिधै मन्त्रालयसँग जोडिनु पर्ने आवश्यकता रहेको उल्लेख गरे। उनले कृषिमा धेरै किसिमका समस्याहरु रहेको तर किसान र मन्त्रालय तथा कृषि मन्त्रालय अन्तरर्गतका निकायहरुबीच भेटघाट हुने नगरेको स्वीकार गरे। उनले  देशभरका किसानको लागि कृषि मन्त्रालय रहेको भन्दै सरकार सच्चा किसानको बीचमा पुग्न सक्नुपर्ने बताए। उनले मुलुकमा जीविकोपार्जन, विहान बेलुका दुई छाक टार्ने र ठूलो परिणाम व्यवसायिक उत्पादन गर्ने किसान गरी तीन प्रकारका किसानहरु रहेको बताएका छन् । उनले किसान र मन्त्रालयबीचको दूरी नजिक बनाउनुपर्ने आवश्यकता देखिएको बताए।
उनले भने ,‘कृषिमा धेरै किसिमका समस्याहरु छन् । तर किसान र मन्त्रालय तथा कृषि मन्त्रालय अन्तर्गतका निकायहरुबीच भेटघाट छैन । कृषिका कर्मचारीहरु कस्ता छन् ग्रामिण क्षेत्रका किसानहरुले देखेका पनि छैनन् । देशभरका किसानहरुको लागि कृषि मन्त्रालय हो तर सरकार सच्चा किसानहरुको बीचमा पुगेर सल्लाह दिनसकेका छैनौं । मुलुकमा तीन प्रकारका किसानहरु रहेका छन् । जीविकोपार्जनको लागि अर्को विहान बेलुका दुई छाक टार्ने र अर्को खालका ठूलो परिणाममा काम गरेर व्यवसायीक किसानहरु छन् । तर किसानको लागि सबैठाँउबाट सहयोग गरौं । किसान र मन्त्रालयबीचको दुरी नजिक बनाउनुपर्ने आवश्यकता देखिएको छ । हामीले उत्पादनमा जोड दिएनौं र समयमा मल बिउको व्यवस्थापन गर्न सकेनौं भने आयात मात्रै गर्नुपर्ने हुन्छ । त्यसको लागि कृषि मन्त्रालय सहयोग गर्न तयार छ ।’

उनले सरकारले उत्पादनमा जोड दिन नसके र समयमा मल बीउको व्यवस्थापन गर्न नसके भने आयातमा निर्भर बन्नुपर्ने अवस्था आउने बताएका छन् । —न्युज एजेन्सी नेपाल

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स