इन्फिनिटी लघुवित्तको ६० हजार ५० कित्ता सेयर बिक्रीमा



Advertisement
Ads

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले ६० हजार ५० कित्ता सेयर सर्वसाधारणको लागि बिक्रीमा ल्याएको छ कम्पनीले विद्यमान संस्थापक सेयरधनी र अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।


Advertisement

उक्त सेयर यस अघि विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी कम्पनीले फागुन १९ गते ३५ दिने सूचना जारी गरेको थियो । सो अवधिसम्म विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएपछि अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको होबिक्रीमा राखिएको उक्त सेयरको मूल्यभने प्रचलित नियमानुसार हुने कम्पनीले जनाएको छ ।


Advertisement

सेयर खरिद गर्न इच्छुक जो–कोहीले आवश्यक कागजातसहित १५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय गैंडाकोट–२, नवलपरासीमा आईपुग्ने गरी आवेदन दिनुपर्ने जनाइएको छ ।


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर