इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले ६० हजार ५० कित्ता सेयर सर्वसाधारणको लागि बिक्रीमा ल्याएको छ कम्पनीले विद्यमान संस्थापक सेयरधनी र अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।
उक्त सेयर यस अघि विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी कम्पनीले फागुन १९ गते ३५ दिने सूचना जारी गरेको थियो । सो अवधिसम्म विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएपछि अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो । बिक्रीमा राखिएको उक्त सेयरको मूल्यभने प्रचलित नियमानुसार हुने कम्पनीले जनाएको छ ।
सेयर खरिद गर्न इच्छुक जो–कोहीले आवश्यक कागजातसहित १५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय गैंडाकोट–२, नवलपरासीमा आईपुग्ने गरी आवेदन दिनुपर्ने जनाइएको छ ।









![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)


![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-768x432.jpg)



![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया