आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडले आफ्नो नवौं वार्षिक साधारण सभा असोज १८ गते राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा दिउँसो २ बजे आह्वान गरेको छ। भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो।
साधारण सभामा छलफल गरिने प्रमुख प्रस्तावहरूमा २०८०/८१ को नाफाबाट चुक्ता पूँजीको १८ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने, सञ्चालक समितिका अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब, र नगद प्रवाह विवरण पारित गर्नेछन्। साथै, २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गर्दै निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित हुनेछ।
कम्पनीले सेयरधनीहरूको उपस्थिति र सक्रिय सहभागिता अपेक्षा गरेको छ।



















प्रतिकृया