आज कात्तिक २१ गते (बुधबार) दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आज सानिमा बैंक र आशा लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।
सानिमा बैंक लिमिटेडले गत वर्षको नाफाबाट सेयरधनीलाई कर सहित ५.२६ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न बैंकले मंसिर ४ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा आम्रपाली ब्यांक्वेट, भाटभटेनी काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
आशा लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट सेयरधनीलाई १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न लघुवित्तले मंसिर ७ गते वार्षिक साधारण सभा गर्ने भएको हो । सभा उग्रचण्डी, बनेपा ७, काभ्रेपलाञ्चोकमा दिउँसो ३ बजे सुरु हुनेछ ।
यी दुवै कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि कात्तिक २५ गते बुक क्लोज गर्दैछन् । कात्तिक २२ गते सार्वजनिक विदा परेको छ । २३ गते शुक्रबार र २४ गते शनिबार पर्ने हुँदा ती दिनमा सेयर बजार खुल्दैन । त्यसैले, आज कात्तिक २१ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र लाभांश पाउनेछन् ।







![SIP गर्ने कि SIP on Stock? नेपालमा SIP on Stock कसरी सुरु गर्ने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault-1-768x432.jpg)





![SIP गर्ने कि SIP on Stock? नेपालमा SIP on Stock कसरी सुरु गर्ने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault-1-150x150.jpg)


प्रतिकृया