आजबाट धरहरा सशुल्क: फोटो र भिडियो खिच्न कति तिर्नुपर्छ ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर ९ गते
आजबाट धरहरा सशुल्क: फोटो र भिडियो खिच्न कति तिर्नुपर्छ ?

धरहरा चढ्दा र पार्किङ गर्दा आजदेखि शुल्क लागू भएको छ। सर्वसाधारणका लागि धरहरा चढ्न प्रतिव्यक्ति २०० रुपैयाँ तोकिएको छ भने विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपांगता भएका व्यक्तिहरूका लागि ५०% छुटसहित १०० रुपैयाँ मात्र लाग्नेछ।

सार्क राष्ट्रका पर्यटकले प्रतिव्यक्ति ५०० रुपैयाँ र गैर-सार्क राष्ट्रका पर्यटकले प्रतिव्यक्ति १,००० रुपैयाँ तिर्नुपर्नेछ। धरहरा परिसरमा चार पांग्रे गाडी पार्किङ गर्न प्रतिघण्टा २० रुपैयाँ र दुई पांग्रे गाडीका लागि प्रतिघण्टा १० रुपैयाँ शुल्क तोकिएको छ। परिसरमा प्रवेशमात्रै गर्न चाहने व्यक्तिहरूले ५० रुपैयाँ तिर्नुपर्नेछ।

राष्ट्रिय महत्वका विज्ञापनका लागि धरहरा स्तम्भ प्रयोग गर्न प्रतिघण्टा ५,००० रुपैयाँ, व्यावसायिक भिडियो छायांकनका लागि प्रतिघण्टा ५,००० रुपैयाँ, र फोटोग्राफीका लागि प्रतिघण्टा १,००० रुपैयाँ शुल्क लाग्नेछ।

असोज ३ गते संविधान दिवसको अवसरमा धरहरा निःशुल्क खुला गरिए पनि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले शुल्क तोक्दै मंसिर ९ गतेदेखि धरहरा सशुल्क सञ्चालन गर्ने निर्णय गरेको हो। यो निर्णय शहरी विकास मन्त्रालयको प्रस्तावअनुसार विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ अन्तर्गत गरिएको हो।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स