चौधरी समूहले सन् २०२५ मा भारतीय बजारमा वाइवाइ चाउचाउको प्रि आइपिओ (पूर्व प्राथमिक सेयर) निष्काशन गर्ने घोषणा गरेको छ। समूहका अध्यक्ष विनोद चौधरीले बुधबार ब्लुमबर्गको सिंगापुर स्टुडियोमा अन्तरवार्ता दिँदै वाइवाइको आइपिओ जारी गर्ने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन्।
अन्तरवार्ताको क्रममा चौधरीले सन् २०२५ मा प्रि आइपिओ जारी गरिने र सन् २०२६ को पहिलो त्रैमासभित्र भारतीय शेयर बजारमा वाइवाइ चाउचाउको आइपिओ सूचीकृत गरिने अपेक्षा व्यक्त गरेका छन्। उनका अनुसार, प्रि आइपिओपछि कम्पनीले प्रारम्भिक सार्वजनिक प्रस्ताव (आइपिओ) पनि सन् २०२६ मा जारी गर्नेछ।
वाइवाइ चाउचाउले भारतीय बजारमा आइपिओ जारी गर्ने योजना भने सन् २०२१ मा नै सार्वजनिक गरेको थियो। त्यतिबेला चौधरी समूहको सिजी कर्प ग्लोबलले, भारतीय बजारमा विस्तारपछि चाउचाउको प्राथमिक सेयर जारी गर्ने योजना बनाएको थियो।










![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-768x432.jpg)





![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)




प्रतिकृया