आईएमई लिमिटेडले आईपीओ जारी गर्ने, साधारणसभा आह्वान

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर २ गते
आईएमई लिमिटेडले आईपीओ जारी गर्ने, साधारणसभा आह्वान

आईएमई लिमिटेडले मंसिर २४ गते पानीपोखरीस्थित आफ्नै कार्यालयमा साधारणसभा गर्ने भएको छ। सभामा विशेष प्रस्तावमा सर्वसाधारणलाई सेयर(आईपीओ) जारी गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विषय समावेश छन्।

सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, वित्तीय विवरण, र लेखापरीक्षकको प्रतिवेदन पारित गर्ने प्रस्तावहरू पेश गरिनेछन्। सभामा सञ्चालक समिति चयनसम्बन्धी प्रस्ताव पनि छलफल गरिनेछ।

साथै, सहायक कम्पनी आईएमई डिजिटल सोलुसन लिमिटेडको वित्तीय विवरणसहित एकीकृत विवरण स्वीकृत गर्ने, आर्थिक वर्ष २०८१/८२ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने, र लाभांश वितरणसम्बन्धी प्रस्तावहरूलाई अनुमोदन गरिनेछ।

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स