आइपीओपछि स्विगीका ५०० कर्मचारी करोडपति बन्ने, कसरी?

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक २८ गते
आइपीओपछि स्विगीका ५०० कर्मचारी करोडपति बन्ने, कसरी?

भारतको लोकप्रिय फूड डेलिभरी कम्पनी स्विगीले नोभेम्बर १३ मा आफ्नो आइपीओ ल्याएको छ। आइपीओसँगै कम्पनीका ५०० कर्मचारी करोडपति बन्ने भारतीय पत्रिका मिन्टले जनाएको छ।

स्विगीको सेयर नेशनल स्टक एक्सचेन्ज (NSE) मा प्रति सेयर ₹४२० मा सूचीकृत भएको छ, जुन आइपीओको इश्यू मूल्य ₹३९० भन्दा ७.७% बढी हो। यस्तै, बम्बे स्टक एक्सचेन्ज (BSE) मा सेयरको ओपनिङ मूल्य ₹४१२ कायम भएको छ, जुन इश्यू मूल्यभन्दा ५.६४% धेरै हो।

५०० कर्मचारी करोडपति बन्ने सम्भावना: स्विगीको आईपीओले कर्मचारी स्टक अप्सन योजना (ESOP) का माध्यमबाट कर्मचारीहरूलाई ठूलो आर्थिक फाइदा दिने अनुमान गरिएको छ। ESOP भनेको कम्पनीले आफ्ना कर्मचारीहरूलाई थोरै मूल्यमा सेयर किन्न दिनेसम्बन्धी योजना हो, जसले कर्मचारीलाई व्यवसाय विस्तार हुँदा हुने आम्दानीको प्रत्यक्ष लाभ लिनसक्ने बनाउँछ।

कम्पनीको ड्राफ्ट रेड हेरिङ प्रॉस्पेक्टस (DRHP) अनुसार, २०२४ को सेप्टेम्बरसम्म स्विगीले २३.१ करोड कित्ता ESOP बाँडफाँट गरिसकेको छ। यसका सेयरहरूको अनुमानित बजार मूल्य ₹९,०४६.६५ करोड रहेको छ। यस योजनाले ५०० कर्मचारीलाई करोडपति बनाउने सम्भावना रहेको मिन्टको रिपोर्टमा उल्लेख छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स