आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ३ लाख ३० हजार कित्ता संस्थापक सेयर विक्रीमा ल्याएको छ ।
कम्पनीले संस्थापक सेयरधनीहरु सुमन पोखरेलको नाममा रहेको ८० हजार कित्ता र कुमार पौडेलको नाममा रहेको २ लाख ५० हजार कित्ता गरि कूल ३ लाख ३० हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
हाल यस सेयरमा विद्यमान संस्थापक सेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय नारायणचौर, नक्सालमा आवेदन पेश गर्न सक्नेछन् ।
तोकिएको समयमा आवेदन नपरेमा यो सेयर अन्य व्यक्ति वा कम्पनीलाई बिक्री गरिने कम्पनीले जनाएको छ ।








![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)






![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया