उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अहिले हरेक क्षेत्रमा लगानी गर्ने सही समय भएको बताएका छन्।
शुक्रवार ललितपुर उद्योग वाािण्ज्य संघको ४५ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले इमान्दार हिसावले काम गर्ने हो भने नेपालमा धेरै सम्भावना रहेको उल्लेख गरेका छन्। उनले निजी क्षेत्र एक ठाउँमा आएर लगानी गर्नसके छोटो समयमा नै धेरै काम गर्न सकिने बताए।उनले पर्यटन, जलविद्युतको क्षेत्रमा ठूलो सम्भावना रहेको बताए ।उनले अहिले रेमिट्यान्सको फ्लो बढेको, फरेन करेन्सीको रिजर्भ बढेको, बैंकमा लिक्वीडिटी प्रशस्त रहेको उल्लेख गरे। उनले व्यवसायीहरुको नेतृत्व गर्नेहरुले सकारात्मक माहोल तयार गर्नसके लगानीको वातावरण बन्ने दाबी गरेका छन्।
उनले भने, ‘हामी इमान्दार हिसावले काम गर्ने हो भने काम गर्न सकिने रहेछ । यो मेरो आफ्नै उदाहरणले प्रमाणित गरेको छ । निजी क्षेत्र एक ठाउँमा आएर लगानी गर्न खोज्यौँ भने वास्तवमा छोटो समयमा धेरै चिजहरु गर्न सकिन्छ । १० अर्ब बराबरको पेड अफ क्यापिटल भएको इन्भेष्टमेण्ट कम्पनी छ भने यसलाई एज इक्युटिको रुपमा यदी मान्ने हो भने २०, २५ प्रतिशत मान्ने हो भने करिव ४० अर्ब बराबरको आयोजनामा लगानी गर्न सकिन्छ । अहिले पयर्टनको कुरा गर्दा टुरिस्टको नम्बहरु बढेको छ । रेमिट्यान्सको कुरा गर्दा फ्लो बढेको छ । फरेन करेन्सीको रिजर्भ पनि त्यत्तिकै छ । बैंकमा लिक्वीडिटी पनि त्यत्तिकै छ । बैंकको ब्याजदर पनि सिंगल डिजिजमा घटिसकेको छ । अहिलेको अवस्था भनेको नेपालका हरेक सम्भवना भएका क्षेत्रमा लगानी गर्ने राइट टाइम हो । व्यवसायीहरुको नेतृत्व गर्नेहरुले पोजेटिभ माहोल तयार गर्ने हो भने डाउन द लाइन नकारात्मक भाष्य चिर्दै लग्नसके लगानीको वातावरण बन्छ ।’
अध्यक्ष ढकालले निजी क्षेत्रले व्यवसायिक क्रियाकलाप बढाउनसके, स्वतःफुर्तः काम गर्नसके मात्रै रोजगारी सिर्जना, राजश्व वृद्धि हुने दाबी गरे। तीन तहकै सरकारले निजी क्षेत्रलाई इन्करेज गर्ने वातावरण बनाउन आवश्यक रहेको बताए। —न्युज एजेन्सी नेपाल
















![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)


प्रतिकृया