अर्थमन्त्री र आएएमएफ उपनिर्देशकबीच भेटवार्ता, नेपालको अर्थतन्त्र सुधारको विषयमा छलफल

बजारको चिरफार
बजारको चिरफार
२०८१ आश्विन ६ गते
अर्थमन्त्री र आएएमएफ उपनिर्देशकबीच भेटवार्ता, नेपालको अर्थतन्त्र सुधारको विषयमा छलफल

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट भएको छ ।

अर्थ मन्त्रालयमा भएको भेटमा उपनिर्देशक दत्तगुप्ताले नेपालको अर्थतन्त्र सुधार हुँदै गएको आफूले पाएको बताए । उनले नेपालमा लागानी सहजीकरणसम्बन्धी कानुन परिमार्जन हुँदै गएको, राजस्व परिचालन रणनीति कार्यान्वयनमा आएको, अर्थतन्त्रसम्बन्धी विभिन्न सुझाव कार्यान्वयन हुँदै गएकाले आफू उत्साहित भएको धारणा व्यक्त गर्नुभएको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले अर्थतन्त्रलाई सुदृढ गर्न सरकारले योजनाबद्ध रुपमा काम गरिरहेको जानकारी गराएका छन् ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स