instainsta

अर्थमन्त्री पौडेल भन्छन्, “दुई प्रमुख दलको मिलनले देश आशावादी यात्रातर्फ अघि बढ्दै छ”

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र ३१ गते
अर्थमन्त्री पौडेल भन्छन्, “दुई प्रमुख दलको मिलनले देश आशावादी यात्रातर्फ अघि बढ्दै छ”
AdvertisementAds

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नयाँ सरकार गठनपछि देश निराशाबाट आशावादी यात्रातर्फ अघि बढेको बताएका छन्।

बुटवल उद्योग वाणिज्य संघको ७१औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले, २०४६ साल यता पाँच वर्षको स्थिर सरकार देख्न नपाएको अवस्थामा दुई ठूला दल मिलेर स्थिर सरकारको प्रयासले देशमा आशा जगाएको दाबी गरे।

पौडेलले भने, “अहिलेसम्मको सरकारभन्दा राम्रो सरकार यो संसदले बनाउन सक्दैन, यसले नागरिक र उद्योगी व्यवसायीमा आशा जगाएको छ। यो सरकार २०८४ को चुनावसम्म जान्छ।” साथै, सरकारको स्थिरतासँगै नीतिगत स्थिरता पनि सुनिश्चित गर्न ध्यान दिइएको उनको भनाइ थियो।

विगतका सरकारहरूले निम्त्याएको प्रतिकूलता र आर्थिक ओरालो यात्राबाट देशलाई सकारात्मक दिशामा लैजाने कोसिस भइरहेको भन्दै उनले निजी क्षेत्रका समस्याहरू सुन्ने र समाधान खोज्ने काममा सरकार सक्रिय रहेको बताए। “निराशाबाट आशावादितर्फ र क्रमशः अनुकूलतामा परिवर्तन गर्ने प्रयास भइरहेको छ,” पौडेलले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स