अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा असार ६ गते बस्ने भएको छ । सभा, ताम्राकार पार्टी भेन्यु, पनौती न।पा वडा–४, काभ्रेपलाञ्चोकमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
सभामा कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन् । सभाले गत आवको वार्षिक प्रतिवेदन, नाफा नोक्सान, नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ ।
साथै, अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि रहेको छ ।
#BajarkoChirfar #bazarkochirfar





















प्रतिकृया