अभियान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, लघुवित्तको खुद नाफा ६ करोड ६० लाख रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २ करोड ४४ लाख रुपैयाँ खुद घाटा व्यहोरेको थियो।
अघिल्लो वर्षको घाटाबाट नाफामा फर्किनु मुख्य कारण खुद ब्याज आम्दानी र सञ्चालन आम्दानी वृद्धी हुनु हो।
चौथो त्रैमाससम्ममा अभियान लघुवित्तको खुद ब्याज आम्दानी १४६.४९ प्रतिशतले बढेर १८ करोड ९० लाख रुपैयाँ पुगेको छ भने सञ्चालन आम्दानी १६३.१२ प्रतिशतले बढेर २३ करोड ६१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको २ करोड ९२ लाख रुपैयाँ सञ्चालन घाटाबाट सुधार भएर गत वर्ष १० करोड २४ लाख रुपैयाँ सञ्चालन नाफा पुगेको छ।
लघुवित्तको खराब कर्जा अनुपात ०.९८ प्रतिशतबिन्दुले घटेर ४ प्रतिशतमा सीमित भएको छ।
समीक्षा अवधिमा कम्पनीले ३५ करोड रुपैयाँ निक्षेप र २ अर्ब ९१ करोड रुपैयाँ सापटीलिएर ३ अर्ब ४५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।
लघुवित्तको चुक्ता पूँजी २५ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य नाफा ४ करोड रुपैयाँ ऋणात्मकमा छ र जगेडा कोषमा १० करोड ७४ लाख रुपैयाँ सञ्चित रहेको छ। लघुवित्तको प्रतिसेयर आम्दानी ३६.२१ रुपैयाँले बढेर २६.४२ रुपैयाँमा पुगेको छ। यस्तै, प्रतिसेयर नेटवर्थ १२६.९८ रुपैयाँ रहेको छ।
अन्य कम्पनीहरूको चौथो त्रैमासको वित्तीय विवरण सहज रूपमा पढ्न हामीलाई Facebook मा Follow गर्नुहोस्।




![बजेटले नन लाइफ इन्स्योरेन्स सेक्टरको बिजनेस व्ह्वात्तै बढ्दैछ ? सेयर प्राइस के होला ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/pYnn5kzYQlY-SD.jpg?fit=640%2C480&ssl=1)





![बजेटले नन लाइफ इन्स्योरेन्स सेक्टरको बिजनेस व्ह्वात्तै बढ्दैछ ? सेयर प्राइस के होला ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/pYnn5kzYQlY-SD.jpg?resize=150%2C150&ssl=1)




प्रतिकृया