१०० प्रतिशत हकप्रद पारित गर्न अभियान लघुवित्तले बोलायो साधारण सभा

१०० प्रतिशत हकप्रद पारित गर्न अभियान लघुवित्तले बोलायो साधारण सभा
Advertisement Ads

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले छैटौं वार्षिक साधारण सभा आगामी असार ३० गते आयोजना गर्ने भएको छ। सभा बिहान ११ बजे काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–४ स्थित ताम्राकार पार्टी भेन्युमा बस्नेछ।

सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्नेछ। साथै, आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ।

नियामक निकायबाट स्वीकृति प्राप्त भएको अवस्थामा कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः१ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। यससम्बन्धी आवश्यक संशोधन वा फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्तावसमेत रहेको छ।

त्यसैगरी, नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त अन्य ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थासँग गाभ्ने, गाभिने वा प्राप्ति (मर्जर तथा एक्विजिसन) प्रक्रिया अघि बढाउन आवश्यक समिति गठन, मूल्यांकनकर्ता नियुक्ति, सम्झौतापत्रमा हस्ताक्षर तथा अन्य आवश्यक कार्य गर्न सञ्चालक समिति वा समितिले तोकेको पदाधिकारीलाई अधिकार दिने प्रस्ताव पनि सभामा पेश हुनेछ।

सभाले नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय लगायतका नियामक निकायबाट प्राप्त निर्देशनअनुसार प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव समेत पारित गर्नेछ।

Screenshot 24 6 2026 134926 www.nepalstock.com https://bajarkochirfar.com/abhiyan-laghubitta-calls-general-meeting-to-pass-100-percent-rights-issue | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स