SHAREHUBSHAREHUB

अब फिल्म हलमा पानी र खानेकुरा एमआरपी भन्दा बढीमा बेच्न नपाइने

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक ७ गते
AdvertisementAds
अब फिल्म हलमा पानी र खानेकुरा एमआरपी भन्दा बढीमा बेच्न नपाइने
AdvertisementAds

सिनेमा हलभित्र पानी र खानेकुरा अधिकतम खुद्रा मूल्य (एमआरपी) भन्दा बढीमा बिक्री गर्न नपाइने भएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार विज्ञप्ति जारी गर्दै, एमआरपीभन्दा बढी मूल्य लिएको पाइए कानुन अनुसार कारवाही गर्ने चेतावनी दिएको छ।

विभाग र नेपाल चलचित्र संघबीच यस विषयमा सोमबार छलफल र अन्तरक्रिया भएको थियो। छलफलको उद्देश्य बजारलाई स्वच्छ र प्रतिस्पर्धी बनाउनुका साथै उपभोक्ताको हकअधिकार संरक्षण गर्नु रहेको विभागले जनाएको छ।

यसै क्रममा, चाडपर्व लक्षित बजार अनुगमनलाई थप तीव्र बनाउँदै, विभागले अनुगमन टोलीहरूलाई परिचालन गरेको जानकारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स