ग्लोबल आइएमई बैंकले फास्ट लोन अगेन्स्ट सेयर प्लेटफर्म सार्वजनिक गरेको छ, जसले इच्छुक ग्राहकहरूलाई अनलाइनबाटै सेयर धितो कर्जाको आवेदन दिने सुविधा दिन्छ।
यस प्लेटफर्ममार्फत, ग्राहकहरूले आफ्ना सेयर धितो राखेर न्यूनतम ५ लाखदेखि अधिकतम २५ लाखसम्मको कर्जा सरल प्रक्रियाबाट प्राप्त गर्न सक्नेछन्। अनलाइनबाट आवेदन दिएको स्थिति पनि ग्राहकले आफैँ ट्र्याक गर्न सक्नेछन्।
धितोका रूपमा स्वीकार गरिने सेयरहरू आवेदककै हुनुपर्ने बैंकले स्पष्ट गरेको छ। यो सेवा बैंकको डिजिटल युनिभर्समा पनि उपलब्ध छ।















प्रतिकृया