instainsta

अपर स्याङ्गे हाईड्रोपावरको घाटा बढ्यो, रिजर्भ ऋणात्मक

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक २६ गते
अपर स्याङ्गे हाईड्रोपावरको घाटा बढ्यो, रिजर्भ ऋणात्मक
AdvertisementAds

अपर स्याङ्गे हाईड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा १ करोड ३२ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको घाटा १ करोड १७ लाख रुपैयाँ थियो।

कम्पनीको विद्युत बिक्रीबाट आम्दानी ६३ लाख ५४ हजार रुपैयाँ मात्र भएको छ, जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ५७.९२ प्रतिशतले घटेको छ। हाईड्रोपावर परियोजनामा नियमित मर्मत र सम्भार कार्य ढिला भएको कारण विद्युत उत्पादनमा कमी आएको र यसले आम्दानीमा गिरावट ल्याएको कम्पनीले जनाएको छ।

कम्पनीको प्रतिसेयर आम्दानी २४.१८ रुपैयाँ ऋणात्मक र  प्रतिसेयर नेटवर्थ ५२.९१ रुपैयाँ रहेको छ। कम्पनीको तरलता अनुपात ३९.२२ प्रतिशत कायम भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स