नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भाटभटेनी सुपरमार्केटसँग आफ्नो कुनै सम्बन्ध नरहेको पुष्टि भएकोमा खुशी व्यक्त गरेका छन्।
शनिबार काठमाडौंमा आयोजित सभामा उनले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ‘भाटभटेनी प्रचण्डको हो’ भन्ने आरोपलाई अन्ततः हटाइदिएको बताएका छन्।
प्रचण्डले आफू वर्षौंदेखि यस विषयमा हैरान भएको भन्दै, ललितानिवास सरकारी जग्गा प्रकरणमा समेत आफ्नो नाम जोडेर अनावश्यक दबाब सिर्जना गरिएको स्पष्ट गरे।
उनले भने, “मैले होइन भने पनि पत्याउँदैनथे। कसरी स्पष्ट पार्ने भनेर म आफैँ हैरान थिएँ, तर प्रधानमन्त्री ओलीले माओवादीसँग भाटभटेनीको सम्बन्ध नभएको प्रस्ट पारिदिनुभयो।”
ओलीले यसअघि भाटभटेनीका मालिक एमाले समर्थक रहेको बताएपछि यो आरोपबाट आफूलाई राहत भएको उनले बताए।















![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-150x150.jpg)

![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)


प्रतिकृया