नेपालमा शाओमी १४ टि स्मार्टफोन सार्वजनिक, यस्ता छन् फिचर्सहरु



Advertisement
Ads

शाओमीले आफ्नो नयाँ स्मार्टफोन शाओमी १४ टि नेपालमा सार्वजनिक गरेको छ। लाइका संगको सहकार्यमा निर्मित यो स्मार्टफोनले अत्याधुनिक फोटोग्राफी अनुभव र उत्कृष्ट प्रदर्शनको सुनिश्चितता दिन्छ। शाओमी १४ टि मा मिडियाटेक डाइमेन्सिटी ८३०० अल्ट्रा प्रोसेसर, १४४ हर्ज एमोलेड डिस्प्ले र एआई फिचरहरूको साथमा उच्च प्रदर्शनको सुविधा रहेको छ।

क्यामेरा प्रणाली


Advertisement

लाइका सँगको सहकार्यमा तयार गरिएको ५० मेगापिक्सेल मुख्य क्यामेरा, १२ मेगापिक्सेल अल्ट्रा–वाइड क्यामेरा र ५० मेगापिक्सेल टेलिफोटो लेन्स सहितको ट्रिपल क्यामेरा प्रणालीमा शाओमी प्रोफोकस र ६० एफपीएस फोके भिडियो रेकर्डिङ पनि उपलब्ध छ।

उत्तम प्रोसेसिंग पावर

मिडियाटेक डाइमेन्सिटी ८३०० अल्ट्रा प्रोसेसरले मल्टीटास्किङ, गेमिङ र दैनिक कार्यहरूमा सहज र ल्याग–फ्री प्रदर्शन सुनिश्चित गर्दछ। ४ एनएम चिपसेटले ऊर्जा खपतलाई प्रभावकारी रूपमा नियन्त्रण गर्ने दाबी गरिएको छ।

अल्ट्रा–स्मूथ डिस्प्ले

६.६७ इन्चको एमोलेड डिस्प्ले, १४४ हर्ज रिफ्रेस रेट, ४,००० निट्स पीक ब्राइटनेस र एचडीआर १०+ सपोर्टसहितको डिस्प्लेले उत्कृष्ट भिजुअल अनुभव प्रदान गर्दछ।

स्मार्ट एआई फिचरहरू

एआई-पावर्ड फोटोग्राफी मोड, स्मार्ट सिन रिकग्निसन र ब्याट्री अप्टिमाइजेसन जस्ता अत्याधुनिक सुविधाहरूले प्रयोगकर्ताको अनुभवलाई अझ सहज बनाउँछन्।

सर्वोच्च ब्याट्री पावर र हाइपर चार्ज

५००० एमएएच ब्याट्री र ६७ वाट हाइपर चार्जिङले ४५ मिनेटमै फोनलाई पूरा चार्ज गर्ने सुविधा दिन्छ।

मजबुत डिजाइन र सुरक्षा

आईपी ६८ रेटिङ भएको यो फोन पानी र धुलोबाट सुरक्षित रहेको छ, जसले २ मिटर गहिराइमा ३० मिनेटसम्म डुब्नुको बाद पनि फोनलाई सुरक्षित राख्छ।

मूल्य र उपलब्धता

शाओमी १४ टि टाइटन ब्ल्याक, टाइटन ग्रे र टाइटन ब्लु कलर भेरियन्टमा १२ जीबी + ५१२ जीबी अप्सनमा उपलब्ध हुनेछ र यसको मूल्य ६४,९९९ रुपैयाँ तोकिएको छ। ग्राहकहरूलाई प्रत्येक शाओमी १४ टि स्मार्टफोनको खरिदमा रेड्मी बड्स ६ लाइट निःशुल्क उपलब्ध हुनेछ।

यो स्मार्टफोन नेपालका सबै आधिकारिक एमआई स्टोर र शाओमी रिटेल स्टोरमा उपलब्ध हुनेछ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर