गभर्नर डा. विश्व पौडेलको नियुक्ति बदर माग गर्दै दायर रिट सर्वोच्चमा दर्ता, कहिले तोकियो पेशी?

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ १३ गते
गभर्नर डा. विश्व पौडेलको नियुक्ति बदर माग गर्दै दायर रिट सर्वोच्चमा दर्ता, कहिले तोकियो पेशी?

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलको नियुक्ति बदरको माग गर्दै दायर गरिएको रिट सर्वोच्च अदालतमा आज दर्ता भएको छ।

अधिवक्ताहरू अनन्तराज लुइँटेल र विशाल थापा लगायतले जेठ ९ गते सर्वोच्च प्रशासनमा निवेदन पेस गरेका थिए। सो निवेदन आज सर्वोच्चमा दर्ता गरिएको हो। सर्वोच्च अदालत प्रशासनले भोलि जेठ १४ गते (सोमबार) का लागि पेशी तोकेको छ।

रिट निवेदकहरूले डा. पौडेलको नियुक्ति प्रक्रिया संविधान र प्रचलित कानुनविपरीत भएको दाबी गरेका छन्। उनीहरूले गभर्नर नियुक्तिका लागि आवश्यक अनुभव, योग्यता तथा निष्पक्षता नपुगेको भन्दै नियुक्ति बदर गर्न माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स