अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको दाबी फिर्ता लिने महान्यायाधिवक्ता सबिता भण्डारीको निर्णयविरूद्ध रिट दर्ता भएको छ। युवराज पौडेल, कानुनका विद्यार्थी आयुष बडाललगायतले पेस गरेको रिट आइतबार दर्ता गरिएको हो। सुनुवाइ माघ ६ गते हुने भएको छ।
पुस ३० मा महान्यायाधिवक्ताले रविमाथि लागेको मुद्दा फिर्ता लिन अनुमति दिएकी थिइन्। यस निर्णयलाई निवेदकले गैरकानुनी भन्दै बदर गर्न र कार्यान्वयन नगर्न अन्तरिम आदेशको माग गरेका छन्। निवेदनमा महान्यायाधिवक्ताको कार्यालयले संगठित अपराध र सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित अभियोग कमजोर बनाउने प्रयास गरेको आरोप लगाइएको छ।
रवि लामिछानेविरुद्ध सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको अलग अभियोग कास्की र अन्य जिल्लामा दर्ता भएको थियो। पुस ३ गते उच्च अदालत बुटवलले उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।














![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)





प्रतिकृया