नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा उमेरहद हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा अधिवक्ता विशाल थापाले रिट दायर गरेका छन्। उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, राष्ट्र बैंक र गभर्नर सिफारिस समिति विरुद्ध रिट दायर गर्दै निर्णय संविधान, सुशासन र पारदर्शिता विपरीत भएको दाबी गरेका छन्।
सर्वोच्च अदालतले रिट दर्ता भएको पुष्टि गर्दै विषय गम्भीररूपमा लिने संकेत दिएको छ। अर्थ मन्त्रालयले ‘सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड’ संशोधन गर्दै ३०–६५ वर्षको उमेरसीमा हटाएको हो।
यसले जुनसुकै उमेरका व्यक्तिलाई कार्यकारी प्रमुख वा सदस्य नियुक्त गर्न सकिने स्थिति बनाएको छ, जसप्रति कानुन व्यवसायी र नीति विश्लेषकहरूले आपत्ति जनाएका छन्।
















![नेपालको होटल तथा पर्यटन उद्योगको भविष्य [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/BuzhHJz_BQw-maxresdefault-150x150.jpg)

![जब गर्ने कि बिजनेस? के गर्ने ? कसरी गर्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/HNwkA7DcUDg-maxresdefault-150x150.jpg)

प्रतिकृया