नेपालमा विश्व बैंकको ऋण हाल ६ खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ। विश्व बैंकद्वारा हालै प्रकाशित तथ्यांकअनुसार, नेपालमा यो संस्थाबाट लिइने ऋण हरेक वर्ष क्रमशः बढिरहेको देखिन्छ।
नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) हाल ६१ खर्ब ६७ अर्ब रुपैयाँ रहेको छ। सोही अनुपातमा हेर्दा देशको कुल ऋण जीडीपीको ४१.१ प्रतिशत पुगेको छ भने त्योमध्ये १०.३ प्रतिशत हिस्सा मात्रै विश्व बैंकको ऋण हो।
सरकारले आफ्नै आम्दानीले सबै खर्च धान्न नसक्दा पूर्वाधार निर्माणदेखि अन्य विकासे योजनाका लागि वैदेशिक र आन्तरिक ऋणमा निर्भरता बढाइरहेको छ। चालु वर्षको मध्यसम्ममा नेपालको कुल ऋण २५ खर्ब ३६ अर्ब रुपैयाँ पुगेको छ। त्यसमध्ये १३ खर्ब १ अर्ब रुपैयाँ वैदेशिक स्रोतबाट लिइएको छ भने १२ खर्ब ३४ अर्ब आन्तरिक ऋण हो।
विश्व बैंकपछि नेपाललाई सबैभन्दा धेरै ऋण दिने अर्को संस्था एशियाली विकास बैंक (ADB) हो, जसको ऋण हाल ४ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ। तेस्रो स्थानमा रहेको अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) बाट नेपालले हालसम्म ६२ अर्ब रुपैयाँ ऋण लिइसकेको छ।










![फण्डामेन्टल र टेक्निकल भन्दा निकै इफेक्टिभ विश्लेषण यसरी गर्नुहोस् [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault.jpg?resize=150%2C150&ssl=1)





प्रतिकृया