अब डिजिटल कारोबार गर्दा उपभोक्ताले पहिले जस्तो अतिरिक्त कर तिर्नु पर्ने छैन। सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत डिजिटल कारोबारमा लाग्दै आएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउने निर्णय गरेको हो।
बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन्। यसअघि, तत्कालीन अर्थमन्त्री वर्षमान पुनले एक सेवा प्रदायकबाट अर्को सेवा प्रदायकमा रकम स्थानान्तरण गर्दा १० रुपैयाँ सेवा शुल्कमा १३% भ्याट थप्ने व्यवस्था गरेका थिए। त्यसअनुसार उपभोक्ताले हरेक कारोबारमा ११ रुपैयाँ ३० पैसा तिर्नुपर्थ्यो।
अब कति तिर्नुपर्छ?
सरकारको पछिल्लो निर्णय अनुसार अब सेवा शुल्कको रूपमा केवल १० रुपैयाँ तिर्नुपर्छ। अतिरिक्त १ रुपैयाँ ३० पैसा भ्याट तिर्ने बाध्यता हटेपछि डिजिटल कारोबार अझै सस्तो र सहज भएको हो।













![फण्डामेन्टल र टेक्निकल भन्दा निकै इफेक्टिभ विश्लेषण यसरी गर्नुहोस् [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault.jpg?resize=150%2C150&ssl=1)


प्रतिकृया