प्रधानमन्त्री केपी शर्मा ओली असार १५ गते स्पेनको सेभिल सहर जाँदैछन्। उनी त्यहाँ असार १६ देखि १९ गतेसम्म हुने ‘विकासका लागि वित्तपोषणसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुनेछन्।
परराष्ट्रमन्त्री आरजु राणा देउवाका अनुसार, सम्मेलनमा नेपालले सक्रिय तयारी गरेको छ र प्रधानमन्त्रीले यसअघि एक भर्चुअल सत्रलाई पनि सम्बोधन गरिसकेका छन्।
संयुक्त राष्ट्रसंघको आयोजनामा हुने सम्मेलनमा करिब ४० देशका राष्ट्रप्रमुख, अर्थमन्त्री, विकास साझेदार तथा नागरिक समाजका अगुवाहरू सहभागी हुनेछन्। सम्मेलनले दिगो विकास लक्ष्य, वित्तीय समावेशीकरण, ऋण व्यवस्थापन सुधार र स्रोत परिचालनलाई मुख्य एजेन्डा बनाउनेछ।
प्रधानमन्त्री ओलीले सम्मेलनलाई सम्बोधन गर्नुका साथै विभिन्न देशका प्रतिनिधिसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको छ।

















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया